२९ फाल्गुन २०८१, बिहिबार | Fri Mar 14 2025


रिद्धि सिद्धि सिमेन्टलाई ४३ ग्रेडको गुणस्तर मापदण्ड प्राप्त


0
Shares

काठमाडौं । रिद्धि सिद्धि सिमेन्टले नेपाल गुणस्तरको ४३ ग्रेडको गुणस्तर मापदण्ड प्राप्त गरेको छ ।

४३ ग्रेड नेपालमै उत्पादन हुने सिमेन्टहरूको सबैभन्दा उत्कृष्ट ग्रेड मध्येको एक भएको बताइन्छ । गुणस्तरको यो नयाँ मापदण्ड प्राप्त गरेसँगै यसले थप जिम्मेवारीबोध भएको कम्पनीले बताएको छ ।

कम्पनीले गुणस्तर मापदण्ड प्राप्त गरेसँगै आफ्ना ग्राहकहरूको गुणस्तरप्रतिको विश्वासलाई अझ मजबुत बनाउने कुरामा रिद्धि सिद्धि सिमेन्ट विश्वस्त रहेको कम्पनीले जनाएको छ ।

योसँगै कम्पनीले ‘शिलान्यास रिद्धि सिद्धिसँग’ नामक विशेष योजना लाई पनि पुनः निरन्तरता दिएको कम्पनीले जनाएको छ ।