७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


शेयर बजारमा गिरावट, लक्ष्मी उन्नति कोषका लगानीकर्ताले सबैभन्दा बढी कमाए


0
Shares

काठमाडौं । कारोबार हुने साताको तेस्रो दिन शेयर बजारमा गिरावट आएको छ । उतारचढावका बीच मंगलबार शेयर बजार परिचसूचक नेप्से ९ अंकले बढेर २ हजार ९ सय ८४ विन्दुमा थामिएको छ ।

सोमबार नेप्से बढ्दा ११ अर्बको कारोबार भएकोमा मंगलबार नेप्सेमा गिरावट आएसँगै कारोबार रकम पनि ७ अर्ब ८५ करोडमा खुम्चिएको छ ।
यसदिन लक्ष्मी उन्नति कोष, लक्ष्मी इक्युटी फन्ड र माउन्टेन हाइड्रोका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा, आईसीएफसी फाइनान्स र नेपाल इन्स्योरेन्सका लगानीकर्ताले ६ प्रतिशतसम्म गुमाएका छन् ।

मंगलबार २ सय १९ कम्पनीको ३ करोड १५ लाख ६ हजार ५ सय ३४ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८५ करोड ८८ लाख २० हजार ३ सय २ रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ ।