
तस्वीर– गंगा दाहालको फेसबुकबाट
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटारस्थित उनको निवास पुगेका छन् ।
खुमलटारमा दुई नेताहरूबीच वार्ता चलिरहेको दाहालकी स्वकीय सचिव गंगा दाहालले जानकारी दिनुभयो ।
भेटमा सरकारमा सहभागीताको विषयलगायत विकसित पछिल्ला राजनीति र मन्त्रिपरिषद् विस्तार सम्बन्धमा पनि छलफल भएको बुझिएको छ ।
भेटका क्रममा देउवाले दाहालपत्नी सीतासँग पनि भेट गर्नुभएको छ । भेटमा देउवाले सीताको स्वास्थ्य अवस्थाको विषयमा पनि जानकारी लिनुभएको थियो ।
यसअघि मंगलबार बिहान नै माओवादी अध्यक्ष दाहालले बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेट गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्