
काठमाडौं । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको आज ३९ औं स्मृति दिवस मनाइदैछ ।
नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष बिपी कोईरालाको ६८ बर्षको उमेरमा निधन भएको थियो।
३९ वर्ष अघि आजकै दिनमा २०३९ साउन ६ गते कोइरालाको निधन भएको थियो । बिपी कोईरालाको शवयात्रा गरिएको थियो । उहाँको शवयात्रामा जनसागर नै उर्लिएको थियो ।
बिपीको स्मृति दिवसलाई स्मरण गर्दै टुईटर प्रयोगकर्ता सन्तोष खडेरीले बिपी प्रती श्रद्धासुमन व्यक्त गर्दै शवयात्राको भिडियो पोष्ट गर्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्