
म्याग्दी । म्याग्दीको बेनी–जोमसोम सडकमा दुई सातापछि सवारी सूचारु भएको छ ।
अवरुद्ध बनेको सडकलाई निर्माण कम्पनीहरु परिचालन गरी पहिरो पन्छाएपछि आजदेखि सडक सूचारु भएको हो ।
म्याग्दीको रघुगंगा गाउँपालिका राहुघाट, गलेश्वर, अन्नपूर्ण गाउँपालिका रुप्से छहरालगायतका स्थानमा पहिरोले सडक अवरुद्ध बनाएको थियो ।
सडकमा सिधा सवारी नहुँदा म्याग्दीको रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका स्थानीयबासीसँगै मुस्ताङबासीले ठाउँ ठाउँमा सवारी साधन परिवर्तन गरी आवत जावत गर्न बाध्य भएका थिए ।
पहिरोले लामो समयसम्म सडक अवरुद्ध बनाउँदा निर्माण कम्पनीले बेवास्ता गरेपछि प्रहरीले सडक निर्माण आयोजनाका प्रतिनिधिलाई नियन्त्रणमा समेत लिएको थियो ।
स्थानीयको पहलमा क्षतिग्रस्त सडक मर्मत गरेर सञचालनमा ल्याइएको हो ।
प्रतिक्रिया दिनुहोस्