२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नाम आज टुंगो लगाउने


0
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउँन आज स्थायी कमिटीको बैठक बोलाएको छ ।

बैठक पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो २ बजे बस्नेछ । बैठकमा समसामयिक राजनीति एवं पार्टीको सांगठनिक बिषयमा छलफल हुनेछ ।

यसअघि माओवादीको स्थायी कमिटीले सरकार संचालनमा सहयोग गर्न उच्चस्तरिय राजनीतिक संयन्त्र बनाउने प्रस्ताव गरेको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग हिजो भएको भेटमा प्रचण्डले सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउन प्रस्ताव गर्नुभएको थियो ।