१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भजन संगीत बचाउन पुस्तान्तरण आवश्यक (भिडियो)


52
Shares

नरेद्र मानन्धर
काठमाडौं । ५१ वर्षीय कलाकार प्रवोध कसाः । व्यवसायका लागि नभएर पुर्खाको नासोका रूपमा भजन गाउँछन् उनी । यसले उनलाई अपार आनन्द दिन्छ ।

यसखाले मौलिक भजन लोप भएको अवस्थामा अन्तरआत्माको आवाज सुनेर जनबहाःको भजन मण्डलीमा आवाज मिसाउँछन् । गंगामाईको भजनले उनलाई अर्कै दुनियाँमा पुगेको महसुस गराउँछ ।

नेवार समुदायमा विभिन्न ऋतु, महिना र चाडपर्वको महिमा गाउने अनेक मौलिक गीत संगीत र भजन छन् । पछिल्लो पुस्ताले ग्रहण नगर्दा ती सबै इतिहास बन्ने जोखिम छ । दशैंको मालश्री धुन र होली पुर्णिमाको होली गीतले मात्र त्यो परम्परा धानेको जस्तो देखिछ ।

कलाकार कसाः भन्छन, ‘नेवार समुदायको अमूल्य निधि बचाउने हो भने नयाँ पुस्तामा उनीहरूको रुचिअनुसार हस्तान्तरण नगरी सुखै छैन । यसका लागि गुथी व्यवस्थालाई मजबुत बनाउनुपर्छ ।’

संस्कृति बाँचे समुदाय बाँच्छ छ । त्यसैले मौलिक परम्परालाई सूचना प्रविधिमैत्री र लिपीवद्ध गरी नयाँपुस्ताको आकर्षण बढाउनुको विकल्प छैन । यसका लागि सबै सरोकारवालाहरूको सक्रियता अपरिहार्य छ ।