
काठमाडौं । चीनमा आएको बाढीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ भने सात जना हराइरहेका छन् ।
मध्य चीनको हेनान प्रान्तमा लगातारको वर्षासँगै आएको बाढी पहिरोका कारण भूमिगत रेलवे सेवा प्रभावित भएको छ ।
सो क्षेत्रमा जङ्गो नगरमा एउटा रेलमार्गमा बाढीका कारण यात्रुहरु अलपत्र परेका थिए । तीव्र गतिमा आएको बाढीले विभिन्न स्थानमा मानिस र गाडीहरु बगाएको थियो ।
१० करोड भन्दा बढी जनसंख्या भएको सो प्रान्तमा २ लाख भन्दा बढी बाढी प्रभावितको उद्दार गरिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
बाढीका कारण विभिन्न भौतिक संरचनामा क्षति पुगेको त्यहाँँका सरकारी अधिकारीहरुले जनाएका छन् ।
बाढीका कारण दर्जनौ सडकमा क्षति पुगेको छ भने निजी तथा सरकारी संरचनाहरु पूर्ण रुपमा क्षतिग्रस्त भएको समाचारमा जनाइएको छ ।
चीनको केन्द्रीय सरकार र हनान प्रान्त सरकारले प्रकोप उद्दारका लागि जनशक्ति परिचालन गरेको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
जनमुिक्त सेना, सशस्त्र प्रहरी लगायतका सुरक्षा निकायलाई प्रभावितहरुको उद्दारका लागि परिचालन गरिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्