१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


टोकियो ओलम्पिकमा महिला फुटबल र सफ्ट बलका खेल सुरु


0
Shares

एजेन्सी । टोकियो ओलम्पिकअन्तर्गत महिला फुटबल र सफ्ट बलका खेलहरु हिजोबाट सुरु भएका छन् ।

ओलम्पिकको औपचारिक उद्घाटन भोलि हुने भएपनि केही टिम गेम्स भने हिजै सुरु भएका हुन् ।

महिला फुटबलको पहिलो खेलमै उपाधि दाबेदार अमेरिका पराजित भएको छ । उसलाई स्विडेनले ३–० ले हराएको हो ।

यो हारसँगै अमेरिकी महिला फुटबल टिमको ४४ खेल लामो अपराजित यात्रा तोडिएको छ । महिला फुटबलकै अर्को खेलमा ब्राजिलले चीनलाई ५–० ले हराउँदा बेलायतले चिलीमाथि २–० को जित निकाल्यो ।

यसैगरी नदेरल्याण्ड्सले जाम्बियालाई १०–३ ले पाखा लगाउँदा अष्ट्रेलियाले न्युजिल्याण्डलाई २–१ ले हराएको छ । आयोजक जापानले क्यानाडासँग १–१ गोलको बराबरी खेलेको छ ।