
चितवन/बाँके । नेपालगञ्ज उपमहानगरपालिकाका तीन जना युवाको डुवेर मृत्यु भएको छ ।
बकर इदको अवसरमा रमाइलो गर्न भन्दै कोहलपुर नगरपालिका चटारस्थित डुडुवा खोलामा रहेको नहरमा गएका उनीहरुको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका १६ वर्षीय अरिब जसगढ, सोही ठाउँका १७ वर्षीय अरमान जसगढ र सदरलाइन बस्ने १८ वर्षीय रासिद जसगढ छन् ।
सो स्थानबाट अन्य दुई जनालाई उद्धार गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै, चितवनमा नहरमा डुब्दा दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा भरतपुर महानगरपालिका क्षेत्रपुरका १६ वर्षीय अंकित जोशी र १४ वर्षीय विवेक शर्मा रहेका छन् ।
हिजो अपरान्ह चार बजे नहरमा हातगोडा धुन गएका उनीहरु चिप्लिएर नहरमा खसेपछि बेपत्ता भएका थिए । प्रहरीले उनीहरुलाई करिव दुई सय मिटर परबाट उद्धार गरी अस्पताल पु¥याएको थियो ।
अस्पतालले उनिहरुलाई मृत घोषण गरेको थियो । यसैबीच, जिल्ला प्रहरी कार्यालय चिवतनले वर्षातको समयमा नारायणी नदीलगायतका नदी, खोला, नहरहरुमा नजान स्थानीयलाई आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्