१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


२०३२ को ओलम्पिक अष्ट्रेलियामा हुने


0
Shares

Australia economic crisis

एजेन्सी । सन् २०३२ को ओलम्पिक खेलकुद अष्ट्रेलियाको ब्रिसबेनमा आयोजना हुने भएको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले हिजो २०३२ को ओलम्पिक र पाराओलम्पिक ब्रिसबेनमा गर्ने निर्णय गरेको हो ।

जापानको टोकियोमा बसेको बैठकले उक्त संस्करणको ओलम्पिक अष्ट्रेलियामा गर्ने निर्णय गरेको हो ।

ब्रिसबेन ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म आयोजना हुनेछ । अष्ट्रेलियामा तेस्रो पटक विश्व खेलकुदको कुम्भमेला ओलम्पिक आयोजना हुन लागेको हो ।

यसअघि मेलबर्न र सिड्नीमा ओलम्पिकको सफल आयोजना भइसकेको छ ।