
काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट यही साउनभित्र ३०४ मेगावाट विद्युत् उत्पादन हुने भएको छ ।
आयोजनाको योजना अनुसार अब एक हप्तापछि अर्को ७६ मेगावाटको एउटा युनिट थप हुने र त्यसको १५ दिनपछि अर्को चौथो युनिट पनि सञ्चालनको तयारी गरीएको हो ।
आयोजनाले आगामी भदौदेखि पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्ने भएको छ । अबको २ महिनामा ६ वटै युनिट सञ्चालनमा आएपछि आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुने भएको छ ।
अहिले आयोजनाको २ वटा युनिटबाट १ सय ५२ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । साउनभित्र थप २ वटा युनिट सञ्चालन गर्ने तयारी भइरहेको योजनाले जनाएको छ ।
बाँकी दुई युनिट भदौभित्र सञ्चालन गर्ने बताईएको छ । दुई युनिट सञ्चालनमा आएपछि मात्रै आयोजनाले ४ सय ५६ मेगावाट विद्युत् उत्पादन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्