
दाङ । दाङमा अस्पतालका बिरामी तथा कुरुवाको सुविधाका लागि निःशुल्क खाना खुवाउने अभियान सुरू भएको छ ।
अरनिको समीक्षालयमा जय गुरुदेव धर्म विकास संस्था दाङले यो अभियान सुरू गरेको हो । तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालका बिरामी तथा कुरुवालाई मध्यनजर गरी यो अभियान थालिएको हो ।
राज्यले गर्नुपर्ने काम एक धार्मिक संस्थाले गरेको भन्दै विरामी तथा आफन्त खुशी भएका छन् । देशका विभिन्न ठाउँमा यसरी साँझ बिहान खाना खुवाउँदै आएको संस्थाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्