२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


यातायात व्यवसायीको विरोध र्‍यालीले काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त


0
Shares

काठमाडौं । भाडा समायोजनको माग गर्दै यातायात व्यवसायीले निकालेको र्‍यालीले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।

व्यवसायीले साना या ठूला सवारी साधनसहित र्‍याली गर्दा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको हो । कार्यालय समयमा विरोध र्‍याली निकाल्दा थप जाम भएको छ ।

व्यवसायीले चक्रपथमा सवारी र्‍याली निकालेका थिए । १० वर्षदेखि भाडा समायोजन नभएको भन्दै व्यवसायीहरु विरोधमा उत्रिएका हुन् ।

साथै उनीहरुले कर्मचारीलाई कोरोना खोप उपलब्ध गराउनउनुपर्ने, कोरोना समयमा नवीकरण या जरिवाना छुटको माग राखेका छन् ।