१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


वाणगंगाको कटानमा महाराजगंजवासी, दैनिक ६ मिटर जमिन नदीले बगाउँदै


0
Shares

कपिलवस्तु । बाणगंगा नदीमा पानीको बहाव बढेसँगै जिल्लाको महाराजगंज नगरपालिकाका दुई सय घर जोखिममा परेका छन् ।

हरदौना गाउँ छेउबाट बग्ने नदीले कटान गर्दै नदी गाउँनजिक पुगेपछि बस्ती जोखिममा परेको हो । नदीले जमिन कटान गरेर बग्ने धार समेत परिवर्तन गरेको छ । नदीमा पानीको बहाव बढेसँगै रातभर जाग्राम बस्नु परेको स्थानीयले गुनासो गरेका छन् ।

नदीले प्रत्येक वर्ष गाउँतर्फको करिब एक सय मिटर जमिट कटान गर्दै आएको छ । एकै रातमा ५–६ मिटर कटान गर्दै नदी गाउँनजिक आइपुगेको उनीहरूको भनाइ छ ।

वाणगंगा नदीको कटानलाई समयमै व्यवस्थित नगरे नदीले सबै जग्गा बगाउने वडा नम्बर १० का वडा अध्यक्ष शैलेन्द्र कुमार चौधरीले बताउनुभयो ।