
तस्विर फाइल
म्याग्दी । वर्र्षाका कारण बेनी–जोमसोम सडकमा पहिरो गएपछि सवारी साधन अवरुद्ध हुँदा कोरोनाविरुद्धको खोपको ढुवानी गर्न समस्या भएको छ ।
बेनी–जोमसोम सडक अवरुद्ध भएका ठाउँमा मान्छेले बोकेर तथा मुस्ताङभित्रका सडकमा ट्याक्टरबाट खोप ढुवानी गरिएको छ । यसअघि पनि मुस्ताङमा वर्षाका कारण खोप ढुवानीमा समस्या भएको थियो ।
देशभर खोप अभियान चलिरहेका बेला मुस्ताङमा समयमा नै खोप नपुग्दा तोकिएको भन्दा एक दुई दिन तलमाथि पारेर खोप अभियान सञ्चालन हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्