
एजेन्सी । उत्तर अफ्रिकी देश लिबियाबाट युरोप जान हिडेका आप्राबासी चढेको डुंगा दुर्घटना हुँदा २० जना बेपत्ता भएका छन् ।
लिबियाको तटीय क्षेत्रबाट अवैध रुपमा युरोप प्रवेश गर्न खोजेका ७ वटा डुंगालाई भुमध्य सागरमा रोक्न खोज्दा सो दुर्घटना भएको हो । दुर्घटना पर बेपत्ता भएकाको खोजी कार्य भइरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छन् ।
लिबियाबाट रातको समयमा सात वटा डुंगामा पाँच सय आप्राबासी अवैध मार्गबाट युरोप जान लागेका थिए । डुंगामा सवार ४३ महिलासहित पाँच सय जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ ।
लिबियाबाट समुद्री मार्ग हुँदै हरेक वर्ष हजारौ आप्रावासी अबैध रुपमा युरोप प्रवेश गर्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्