२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


शेयर बजारमा दोहोरो अंकको सुधार, यी सात कम्पनीका लगानीकर्ताको कमाइ १० प्रतिशत


0
Shares

काठमाडौैं । कारोबार हुने साताको अन्तिम दिन शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ ।

बिहीबार शेयर बजार परिसूचक नेप्से १८ अंकले बढेर ३ हजार ४ विन्दुमा पुगेर थामिएको छ । क वर्गका कम्पनीको परिसूचक सेन्सेटिभ इन्डेक्स पनि ४ अंकले बढेर ५ सय ६२ विन्दुमा पुगेको छ ।

यसदिन बैंकिङ, हाइड्रोपावर, वित्त, निर्जीवन बीमा र म्युचल फण्ड समूह हरियो हुँदा व्यापार, होटल तथा पर्यटन, विकास बैंक, उत्पादन, माइक्रोफाइनान्स, जीवन बीमा, लगानी र अन्य समूह रातो भए । व्यापार समूहमा ८२ अंकको गिरावट आउँदा वित्त समूह ३८ अंकले उकालो लागेको छ ।

बिहीबार लक्ष्मी उन्नति कोष, सीईडीबी होइड्रोपावर, नग्दी ग्रुप पावर कम्पनी, पोखरा फाइनान्स, माउन्टेन हाडड्रो, लक्ष्मी इक्युटी र ग्लोबल आईएमई समुन्नत स्किम–१ का लगानीकर्ताले १० प्रतिशतले कमाउँदा हिमालयन पावर, बरुण हाइड्रो लगायका कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

यसदिन ९१ कम्पनीका लगानीकर्तामा कमाए भने ८६ कम्पनीका लगानीकर्ता गुमाएका छन् । यस्तै ६ वटा कम्पनी बिहीबार स्थिर रहे ।

शेयर बजारमा सुधार आउँदा कारोबार रकममा पनि वृद्धि भएको छ । २ सय २० कम्पनीको ५ करोड ५९ लाख ६४ हजार ६२ कित्ता शेयरको किनबेच हुँदा बिहीबार ११ अर्ब ११ करोड ४१ लाख २१ हजार ६ सय १५ रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।