
काठमाडौं । होन्डाको नेपालमा कारोबार गर्ने स्याकार ट्रेडिङ कम्पनीले मार्केटिङका लागि अहिले कुनै अभियान नचलाएको स्पष्ट पारेको छ ।
सामाजिक सञ्जालमा ‘होन्डा ७० औँ वार्षिक उत्सव’ लेखिएको स्क्याम फैलिएपछि होन्डाले बिहीबार एक सूचना जारी गर्दै मार्केटिङ अभियान नचलाएको जानकारी दिएको हो ।
होन्डाले स्क्याम चलाएर व्यक्तिगत विवरण लिनसक्ने भएकाले सचेत हुँदै संलग्न नहुन र कुनै पनि व्यक्तिगत जानकारी नदिन अनुरोध गरेको छ ।
अहिले सामाजिक सञ्जालभरि फैलिएको उक्त स्क्याम फेसबुकलाई रिपोर्ट गराएको होन्डाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्