२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


जेसुकै भएको होस् ‘एम्नेष्टी’, आउनुस् मिलेर काम गरौं– केपी ओली


0
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई आममाफी दिने घोषणा गर्नुभएको छ ।

पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा भएको कार्यक्रममा एमाले अध्यक्ष ओलीले बाटो बिराएका र भड्किएकाहरूलाई आममाफी दिने घोषणा गर्नुभएको हो ।

‘बाटो बिराएका भड्किएका साथीहरुलाई पनि आग्रह गर्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि पुष्पलाललाई सम्झिएर भन्न चाहन्छु, सबैलाई एम्नेष्टी इज ग्रान्टेड,’ उहाँले भन्नुभयो, ‘जेसुकै भएको होस्, एम्नेष्टी । आउनुस् मिलेर काम गरौं ।’ अर्थात् सबैलाई सबै आरोपहरुबाट उन्मुक्ति ।

यसअघि, ओलीको अध्यक्षतामा बसेको एमाले बैठकले पार्टी ह्वीप अवज्ञा गर्दै प्रधानमन्त्रीका उम्मेदवार देउवालाई मत दिनु अक्षम्य अपराध भन्दै २२ सांसदलाई स्पष्टीकरण सोधेको थियो ।