
नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिका–५ को राम्चे गाउँ पहिरोको उच्च जोखिममा रहेको छ । गाउँनजिकै ठूलो पहिरो गएर डाँडा नै खस्ने खतरा बढेपछि राम्चे क्षेत्रका स्थानीयमा त्रास बढेको छ ।
यस डाँडामा २०३८ सालदेखि निरन्तर पहिरो खसिरहेको छ । वर्र्षाको समयमा र अन्य समयमा समेत सुख्खा पहिरो खसिरहने भएकाले गाउँ नै बगाउने चिन्ताले स्थानीय त्रसित भएका हुन् । पहिरोको त्रासले केहीले गाउँ नै छाडेका छन् ।
पहिरोकै कारण कच्ची सडक पनि भत्किने जोखिममा रहेको रुपकला प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष स्थानीय आशबहादुर चितौरे मगरले बताउनु भयो । पहिरो नियन्त्रण गर्न माग गर्दा कसैले नसुनेको स्थानीयको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस्