
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवबीच आज भेटवार्ता भएको छ ।
थापालाई भेट्न विप्लव आज बिहान थापा निवास बूढानीलकण्ठ पुग्नुभएको हो । भेटमा समसामयिक राजनीतिक अवस्थाका साथै सरकार र विप्लवबीच भएको ३ बुँदे सम्झौतालगायत विषयमा छलफल भएको बताइएको छ ।
बैठकबारे जानकारी दिँदै अध्यक्ष कमल थापाले पनि विप्लवसँग सौहार्दपूर्ण भेटघाट भएको बताउनुभएको छ । उहाँले ट्वीटरमार्फत नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र सो पार्टीका नेता तथा राप्रपाका नेताहरु बीच समसामयिक विषयमा विचार विमर्श भएको जानकारी गराउनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्