
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता एवं प्रतिनिसभा सदस्य हरिबोल गजुरेलले अदालत जानुपर्ने स्थितिको सिर्जना राजनीतिक दलहरूले नै गरेको बताउनुभएको छ ।
शुक्रबारको प्रतिनिधिसभाको बैठकमा नेता गजुरेलले राजनीतिक दलहरूले राजनीतिक विषय समाधान नगरेकाले अदालतमा जानुपर्ने अवस्था आएको बताउनुभयो । आफैँले बनाएको संविधानको व्याख्या आफैँले गर्नुपर्ने भए पनि राजनीतिक दलहरू अदालत जानु राम्रो विषय नभएको उहाँको भनाइ छ ।
गजुरेलले दुईपटक प्रतिनिधिसभा संसद् विघटन गर्ने बेलामा कोसँगै सरसल्लाह र सहमति गरियो भन्दै प्रश्न गर्नुभएको छ । यस्तै, संविधान बनाउने क्रममा दुईपटकसम्म संविधानसभाको सभामुख बन्नुभएका सुवास नेम्वाङमाथि कटाक्ष गर्दै उहाँले बनाउनु मात्रै ठूलो नभएर त्यसको सही कार्यान्वयनमा पनि जोड दिन अनुरोध गर्नुभयो ।
नेता गजुरेलले देउवाको कार्यकालमा ट््रयाकबाहिर गएको कार्यशैलीलाई सुधार गरी कोभिडविरुद्धको खोप, भ्रष्टाचार र अन्य समस्याबाट जनतालाई मुक्ति दिलाउनसमेत प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्