१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


भारतको महाराष्ट्रमा बाढी र पहिरोमा परी ४९ जनाको मृत्यु, ७० जना बेपत्ता


0
Shares

एजेन्सी । भारतको महाराष्ट्रमा भारी बर्षापछि आएको बाढी र पहिरोमा परी ४९ जनाको मृत्यु भएको छ । ७० जना अझै बेपत्ता छन् ।

बाढी र पहिरोका कारण महाराष्ट्रको रायगढ जिल्ला बढी प्रभावित भएको छ । त्यहाँ सयौं बस्ती डुबानमा परेको भारतीय पत्रिका भास्करको अनलाइन संस्करण उल्लेख छ ।

रायगढको तलई गाउँमा पहाड भासिँदा ३५ घर पुरिएका छन् । ती घरमा थुप्रै मासिन पुरिएको आशंका गरिएको छ । बाढीमा बेपताहरुको खोजीका लागि सयौं उद्धारकमीहरू परिचालन गरिएको छ ।

भारतमा विगत केही दिनदेखिको अविरल बर्षाका कारण २९ वटा राज्य प्रभािवत भएका छन् । बाढी प्रभवित राज्यहरूमा रेलवे सेवा र मेट्रो सेवा समेत ठप्प भएको छ जसका कारण सयौं यात्रु अलपत्र परेका छन् ।