
एजेन्सी । भारतको महाराष्ट्रमा बाढी पहिरोमा परेर ११० जनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमध्ये अधिकांश बाढी पहिरोमा परेको बताइको छ । वर्षाले सयौं गाउँ प्रभावित भएका छन् ।
लगातारको वर्षासँगै आएको बाढीका कारण सयौंको संख्यामा भौतिक संरचनाहरु नष्ट भएको भारतीय सञ्चारमध्यमहरुले जनाएका छन् । पीडितहरुको उद्दारका लागि सुरक्षाकर्मीहरु परिचालित छन् । बाढीका कारण तटीय क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षाकर्मीले सुरक्षित स्थानमा स्थानान्तरण गरेका थिए ।
बाढीका काररण विभिन्न जिल्लामा सडक सञ्जालहरु टुटेका छन् । यस्तै पहिरो र डुवानमा परेकाहरुलाई राहतको आवश्यक परेको अधिकारीहरुले जनाएका छन् । लगातारको वर्षाका कारण भारतका ३० भन्दा बढी राज्यहरु प्रभावित भएका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले पीडितहरुको उद्दार तथा राहतका लागि मातहतका निकायलाई निर्देशन दिनुभएको छ । मौसम विभागका अधिकारीले अझै केही दिन भारी वर्षा हुने भन्दै सचेत रहन अपीलसमेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्