७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


नेता खनालको उपचार खर्च सरकारले व्यहोर्ने, दूतावासमार्फत शुल्क भुक्तानी गरिने


0
Shares

काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालको उपचार खर्च व्यहोर्ने निर्णय गरेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेता खनालको उपचार खर्च व्यहोर्ने निर्णय गरेको हो ।

उक्त खर्च अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयको नाममा निकासा दिने र परराष्ट्रले दिल्लीस्थित नेपाली दूतावासमार्फत भुक्तानी गर्ने व्यवस्था गर्ने मन्त्रिपरिषद् बैठकको निर्णयमा उल्लेख छ । यसअघि सत्तारुढ नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापा लगायतले खनालको उपचार खर्च सरकारले व्यहोर्न नहुने बताएका थिए ।