१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कर्णाली नदीमा दाजु बहिनी बेपत्ता


0
Shares

बर्दिया । बर्दियामा नदीमा नुहाउन गएका २ जना कर्णाली नदीमा बेपत्ता भएका छन् । गेरुवा गाँउपालिका वडा नं ६ का १४ वर्षिय सञ्जिव विक र उनकी ८ वर्षिय बहिनी दिलमाया विक रहेका छन् ।

हिजो बिहान खाना खाएर खेल्न गएका दाजु बहिनी नुहाउने क्रममा ११ बजे बेपत्ता भएको स्थानीयले जनाएका छन् । बेपत्ता भएका बालबालिकाको प्रहरी र स्थानीयहरुले खोजी जारी राखेका छन् ।