
काठमाडौं । चितवनमा ९३ हजार बढीले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् ।
माघबाट सुरु भएको खोप अभियानमा फरक–फरक कम्पनीका गरी चितवनमा ९३ हजार ३ सय ७२ जनाले पहिलो मात्रा खोप लगाएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीले जानकारी दिनुभयो ।
पहिलो चरणमा कोभिसिल्डको पहिलो मात्रा ३९ हजार ८ सय ७९ जनाले लगाएकोमा दोस्रो डोज १३ हजार १ सय ७२ ले मात्रै लगाएका छन् । त्यस्तै भेरोसेल ५३ हजार ४ सय ९३ ले पहिलो मात्रा लगाइसकेका छन् । तीमध्ये १० हजार ७ सय ६६ ले दोस्रो मात्रा पनि लगाएको तिवारीले बताउनुभयो । २३ हजार ९ सय ३८ जनाले काेराेनाविरुद्धकाे पूर्ण खाेप लगाएका छन् ।
हालसम्म चितवनको जनसङ्ख्याको १३.५ प्रतिशतलाई पहिलो मात्रा खोप लगाइएको छ । स्वास्थ्य कार्यालय चिवतनले साउन ११ गतेदेखि भेरोसेल र १४ गतेदेखि जोन्सन एण्ड जोन्सनको खोप अभियान सञ्चालन गर्न लागेको पनि जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्