१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


थप ३१ सय १४ जनामा कोरोना, १६ जनाको मृत्यु


0
Shares

काठमाडौं । नेपालमा शनिबार थप ३ हजार १ सय १४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६ सय २५ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ३ सय ९ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार २ सय ८५ परीक्षण गर्दा ८ सय ५ मा संक्रमण देखिएको हो ।

संक्रमणका कारण थप १६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार १ सय ९७ जना कोरोनाबाट मुक्त भएका छन् । यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ४२१, भक्तपुरमा ८६ र ललितपुरमा १०८ जना संक्रमित थपिएका हुन् ।