
एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कश्मीरका जनतालाई कश्मीर पाकिस्तानमै सामेल हुने वा स्वतन्त्र हुने अधिकार दिने बताउनुभएको छ । उहाँको यो अभिव्यक्ति कश्मीरबारे पाकिस्तानको घोषित नीतिभन्दा फरक हो ।
२५ जुलाइमा हुने निर्वाचनअघि पाकिस्तान प्रशासित कश्मीरको तरार खाल क्षेत्रमा एक चुनावी सभालाई सम्बोधन गर्दै इमरान खानले विपक्षका एक नेताको दाबीलाई पनि खण्डन गर्नुभयो । जसमा उहाँले सरकारले कश्मीरलाई पाकिस्तानको प्रान्त बनाउने योजनामा काम गरिरहेको दाबी गर्नुभएको छ ।
पाकिस्तान मुस्लिम लिग–नवाजकी नेतृ मरियम नवाजले १८ जुलाईमा एक चुनावी सभालाई सम्बोधन गर्दै कश्मीरको स्थिति बदल्न त्यसलाई एक प्रान्त बनाउने निर्णय लिइएको बताउनुभएको थियो । इमरानले त्यसको खण्डन गर्दै त्यो अभिव्यक्ति कहाँबाट आयो थाहा नभएको बताउनुभयो ।
इमरान खानले एक दिन कश्मीरीहरूले राष्ट्र सङ्घको प्रस्तावअनुरूप आफ्नो भविष्य तय गर्ने अनुमति हुने जिकिर गर्नुभयो । उहाँले कश्मीरीहरू पाकिस्तानमा नै रहने फैसला गर्ने पनि आशा व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्