
काठमाडौं । काठमाडौंमा कोरोनाविरुद्धको खोप लगाउन अबदेखि अनलाइन फाराम अनिवार्य गरिएको छ ।
स्वास्थ्य कार्यालय काठमाडौंले अबदेखि ५० वर्ष वा सो भन्दा मुनिका (१८ वर्ष सम्मका) नागरिकहरूले विद्युतीय (अनलाइन) दर्ता नम्बर ल्याए मात्र कोरोनाको खोप लगाउन पाउने जानकारी गराएको छ ।
स्वास्थ्य कार्यालयका प्रमुख बद्री बहादुर खड्काले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साउन १ गतेको पत्रमा उल्लेख भएअनुसार निर्णय भएको बताउँदै खोप लगाउन ५० वर्ष भन्दा माथिकाले पनि छिटो भन्दा छिटो आफ्नो नाम दर्ता गराउन आग्रह गर्नुभयो ।
दर्ता भएको प्रमाण लिइ आगामी दिनमा सञ्चालन हुने खोप केन्द्रमा सर्वसाधारणले खोप लगाउन सक्ने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्