१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सत्ता गठबन्धनको बैठक बालुवाटारमा, माधव नेपाल पनि सहभागी


0
Shares

काठमाडौं । सत्ता गठबन्धनको बैठक बालुवाटारमा बसेको छ । मन्त्रिपरिषद् विस्तारबारे सत्ता सहयोगी दलसँग परामर्श गर्नका लागि बैठक बसेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी तथा एमाले नेता माधवकुमार नेपालसँग छलफल भएको छ ।

छलफलमा मन्त्रिपरिषद् विस्तार, समसामयिक राजनीतिक घटनाक्रम र सरकार सञ्चालनको सम्बन्धी छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

सरकार गठन भएको एक हप्ता भन्दा बढी समय भइसकेको र प्रधानमन्त्रीले विश्वासको मत लिइसकेको अवस्थामा पनि मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शनिबार विहान प्रधानमन्त्री देउवा र नेकपा एमालेका नेता नेपालसँग भेट गरेका थिए ।

प्रधानमन्त्री देउवाले आफूसँगै चार मन्त्रीलाई शपथ गराउनुभएको थियो । जसमा नेपाली कांगेसबाट दुई र माओवादी केन्द््रका दुई रहेका छन् । अन्य दलबाट मन्त्री नियुक्त गरिएको छैन । सरकारलाई समर्थन गरेको राष्ट्रिय जनमोर्चाले भने सरकारमा सहभागी नहुने बताइसकेको छ ।