
एजेन्सी । चीनको हेनान प्रान्तमा भारी वर्षापछिको बाढी तथा डुबानका कारण ५६ जनाको मृत्यु भएको छ ।
बाढीपछि ५ लाख मानिसलाई अस्थायी रूपमा सुरक्षित स्थानमा सारिएको चिनिया सरकारले जनाएको छ ।
गत सातादेखिको मुसलधारे वर्षाका कारण हेनान प्रान्त प्रभावित भएको छ । वर्षाका कारण प्रान्तीय राजधानी झेङझाओमा १२ करोड व्यक्ति प्रभावित भएका छन् ।
झेङझाओको मौसम विभागले यस वर्षाको स्तरलाई एक हजार वर्षपछि आएको विपत्ति भनी वर्णन गरेको छ । यसैबीच पिपुल्स लिबरेशन आर्मी केन्द्रीय थिएटर कमान्डले २५ हजार सैनिक, सशस्त्र प्रहरीलाई हेनानको लागि पठाएको छ ।
ती सुरक्षा अधिकारी बाढीमा फसेका मानिसहरुलाई सुरक्षित रुपमा उद्धारको गर्नको लागि पठाइएको समाचारमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्