२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


आयरल्यान्डविरुद्ध दक्षिण अफ्रिकाको ‘क्लिन स्वीप’


0
Shares

एजेन्सी । दक्षिण अफ्रिकाले घरेलु टोली आयरल्यान्डसँग तीन खेलको टी–ट्वान्टी क्रिकेट श्रृङ्खलामा ‘क्लिन स्वीप’ गरेको छ ।

डुब्लिनमा गयराति भएको तेस्रो तथा अन्तिम टी–ट्वान्टीमा ४९ रनको जित निकाल्दै दक्षिण अफ्रिकाले श्रृङ्खला ३ शुन्यले जितेको हो ।

दक्षिण अफ्रिकाले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको आयरल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४० रन मात्रै बनाउन सक्यो।

आयरल्यान्डका कप्तान एन्डी बलब्रिनीले सर्वाधिक २७ रन बनाए । दक्षिण अफ्रिकाका जर्ज लिन्डे, लिजाड विलियम्स र मुल्डेरले २÷२ विकेट लिए ।

पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा २ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि कप्तान टेम्बा बाभुमाले ७२ रन र रिजा हेन्ड्रिक्सले ६९ रनको अर्धशतकीय पारी खेले ।

डेभिड मिलरले अविजित रहँदै ३६ रन बनाए । आयरल्यान्डका सिमी सिंह र बारी म्याककार्थीले १÷१ विकेट लिए । पहिलो खेलमा दक्षिण अफ्रिका ३३ र दोस्रो खेलमा ४२ रनले रनले विजयी भएको थियो ।