१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतको महाराष्ट्रमा बाढीको कारण १ सय २५ जनाको मृत्यु


0
Shares

एजेन्सी । भारतको महाराष्ट्रमा अविरल वर्षापछि आएको बाढीको कारण १ सय २५ जनाको मृत्यु भएको छ । केही मान्छे अझै बाढीमा हराइरहेका छन् ।

अविरल वर्षापछि आएको बाढीले महाराष्ट्रका सयौँ गाउँ डुबानमा परेका छन् भने हजारौँ मानिस विस्थापित भएका छन् । बेपत्ताहरुको खोजीमा भारतीय सेना सहितको उद्दारकर्ता खटिएका भारतीय सञ्चार माध्यमले जनाएका छन् । महाराष्ट्रस्थित मौसम विभागका अनुसार यो वर्षा दशकौँ पछिको निकै ठूलो हो ।