१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


भियतनाममा १५ दिनका लागि लकडाउन


0
Shares

एजेन्सी । भियतनाममा कोरोना संक्रमण दर बढेको भन्दै १५ दिनका लागि लकडाउन घोषणा गरिएको छ ।

भियतनामको दक्षिणी मेर्कोग क्षेत्रमा डेल्टा भेरिएन्ट फैलिएको भन्दै नियन्त्रणका लागि १५ दिनका लागि लकडाउन घोषणा गरिएको भियतनाम सरकारले जनाएको छ ।

लकडाउनको अबधि भर दुई जना भन्दा बढी भेला हुनमा रोक लगाइएको छ भने सरकारी कार्यालय सम्म बन्द गरी घरबाट नै काम गर्न निर्देश गरिएको छ । ब्यापार ब्यबसाय पुर्ण रुपमा ठप्प पारिएको छ ।

भियतनाममा गत सातादेखि बिदेश भ्रमणमा रोक लगाएको नियमलाई आगामी १५ दिनसम्म कायम राखिएको छ । भियतनाममा पछिल्लो समय ७० जना संक्रमित थपिएका छन् ।

भियतनाममा कोरानाले हालसम्म ३ सय ७० जनाको मृत्यु भइसकेको छ भने ९० हजार ९ सय बढी संक्रमित छन् ।