१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निर्मला पन्तको हत्या प्रकरणबारे कांग्रेस प्रवक्ता शर्माले गराए प्रधानमन्त्री र गृहमन्त्रीकाे ध्यानाकर्षण


0
Shares

काठमाडौं । नेपाली कांग्रसका प्रवक्ता विश्वप्रकाश शर्माले निर्मला पन्तको हत्या प्रकरणबारे प्रधानमन्त्री र गृहमन्त्रीलाई ध्यानाकर्षण गराउनु भएको छ ।

प्रवक्ता शर्माले टुइटरमार्फत पन्तको हत्या प्रकरणबारे प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणलाई ध्यानाकार्षण गराउनु भएको हो ।

१३ वर्षीया बालिका पन्तको बलात्कारपछि हत्या भएको आज ३ वर्ष पुरा भएको छ । पन्तको आज साउन १० गते ३ बर्ष अघि बलात्कारपछि हत्या भएको थियो ।

प्रवक्ता शर्माले टुइटरमा लेख्नुहुन्छ ‘बालिका निर्मला पन्तको प्रकरण आज साउन १० गते ३ बर्ष पुग्यो l’

प्रवक्ता शर्माले प्रश्न गर्दै भन्नुभएकाे छ, ‘प्रतिपक्षमा छंदा प्रश्न थिए हामीसंग । सत्तारूढ बनेपछिको समयले जवाफ माग्छ । सरकार भर्खर बनेको छ, अब गहन दायित्व निभाउन बिशेष गम्भीरता अपेक्षित छ ।’

‘बालिका र महिला उपर हिंसा, बलात्कार र हत्याको अनेक घटना देशले जो व्यहोर्दै आयो त्यो नियन्त्रण गर्न राज्यको कठोरतासँगै राजनैतिक द्वन्द्व भन्दामाथि सामाजिक रुपान्तरणको साझा अठोट र अभियान जरुरी छ ।’ प्रवक्ता शर्माले लेख्नुहुन्छ

त्यस्तै उहाँले निर्मलाकाे लागि न्याय माग्दै कसैले पनि यस्ताे नियति नभाेगाेस भनेर विशेष तदारुकता बढाउन आग्रह गर्नुभएकाे छ। उहाँ थप्नुहुन्छ ‘निर्मलालाई न्यायसँगै, कसैले पनि यस्तो नियति भोग्न नपरोस्, बिशेष तदारुकता बढाऔं !’