
एजेन्सी । टोकियो ओलम्पिकमा नेपालका पौडीबाज अलेक्जेण्डर शाहले आज प्रतिस्पर्धा गर्दैछन् ।
उनले पौडीको पुरुष सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । प्रतिष्पर्धाको पहिलो हिटमै रहेका अलेक्सको खेल नेपाली समय अनुसार आज दिउँसो पौने ४ बजे हुनेछ ।
यो हिटमा नेपालसँगै भुटान, माल्दिभ्स, कोसोभो, गुयाना, सोलोमन आइल्याण्ड र प्यालेस्टाइनका खेलाडीहरु रहेका छन् ।
टोकियो ओलम्पिकमा पौडीतर्फ नेपालका दुई खेलाडीहरुले भाग लिएका छन् । अलेक्ससँगै महिला सय मिटर फ्रिस्टाइलमा गौरिका सिंहले प्रतिस्पर्धा गदैैछिन् ।
५ वर्ष अगाडि रियो ओलम्पिक पनि खेलेकी गौरिका दुई पटक अोलम्पिक खेल्ने नेपाली खेलाडी बनेकी छिन् ।
प्रतिक्रिया दिनुहोस्