१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने


0
Shares

काडमाडौं । मनसुनी न्युन चापिय रेखा नेपालको पश्चिमी तराई भूभाग नजिक रहेकोले देशभर सामान्य देखि पूर्ण बदलीको अवस्था छ।

अहिले प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशहरुका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज देशभर सामान्यदेखि पूर्ण बदली भएर प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा ठूलो वर्षा भएपनि बाँकी भागको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा पनि बदली भएर केही स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भारी बर्षाको सम्भाबना रहेका स्थानहरुमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ।

काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम २० दशमलव ४ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २५ देखि २७ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।

आज बिहान सूर्योदय ५ बजेर २४ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५७ मिनेटमा हुनेछ ।