१ चैत्र २०८१, शुक्रबार | Sat Mar 15 2025


‘वानप्लस’को नयाँ फोन आज नेपालमा सार्वजनिक हुने


0
Shares

काठमाडौं । नेपालमा वान प्लसको नयाँ फोन सार्वजनिक भएको छ । फाइभजी स्मार्ट फोन वान प्लस नोर्ड २ सार्वजनिक भएको हो ।

कम्पनीले ८ जीबी र्‍याम तथा १२८ इन्टर्नल स्टोरेज भेरियन्टको मूल्य ५९ हजार ९९९ रूपैयाँ तोकेको छ ।

त्यस्तै १२ जीबी र्‍याम तथा २५६ इन्टर्नल स्टोरेज भेरियन्टको मूल्य ६९ हजार ९९९ रूपैयाँ तोकिएको छ । साथै कम्पनीले एक वर्षसम्म स्क्रिन ब्रेकेज इन्स्योरेन्सको सुविधा दिएको छ ।

एन्ड्रोइड ११ मा आधारित अक्सिजन ओएस ११.३ मा रन हुने यो फोनमा ९० हर्ज रिफ्रेस रेटसहित ६।४३ इन्चको फुल एचडी प्लस ९१०८०—२४०० पिक्सेल० फ्लुइड एमोलेड डिस्प्ले र २०ः९ आस्पेक्ट रेसियो रहेको छ ।

फोनमा मिडियाटेक डाइमेन्सिटी १२००—एआई चिपसेट छ । त्यस्तै ५० मेगापिक्सेलको सोनी आईएमएस ७६६ प्राइमेरी सेन्सरसहित ट्रिपल रियर क्यामेरा सेटअप छ ।

सेल्फीका लागि ३२ मेगापिक्सेलको क्यामेरा दिइएको छ । त्यस्तै फोनमा ४५०० एमएएचको ब्याट्री छ, जसले ६५ वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ ।