३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


अमेरिकाले आफूमाथि दमनकारी नीति लिएको चीनको आरोप, प्रतिबन्ध र सीमा शुल्क तत्काल हटाउन आग्रह


0
Shares

एजेन्सी । अमेरिकाले आफूमाथि दमनकारी नीति लिएको आरोप चीनले लगाएको छ ।

चीनको उत्तर–पूर्वी तटीय शहर तियान्जिनमा भएको उच्च तहको वार्तामा बेइजिङले आफुमाथिको सम्पूर्ण प्रतिबन्धनहरु ततकाल हटाउन माग गरेको हो ।

चिनिया उत्पादनमाथि अमेरिकाले थोपरेको अतिरिक्त शुल्क घटाउन पनि उसको आग्रह छ । चिनियाँ विदेश मन्त्री वाङ्ग यीले चीनसँग कस्तो सम्बन्ध स्थापित गर्ने भन्ने विकल्प अमेरिकासँग नैं भएको प्रतिक्रिया दिनुभएको छ ।

वार्तामा अमेरिकी टोलीको नेतृत्व गर्नुभएका उप विदेश मन्त्री वेण्डी शर्मनले चीनसँग तिक्ततापूर्ण सम्बन्धन राख्ने चाहना अमेरिकाको नभएको प्रष्ट पार्नुभयो ।