
तेह्रथुम । तेह्रथुमका किसानहरु फलफुलका नर्सरी उत्पादनबाट राम्रो आम्दानी लिँदै आएका छन् ।
जिल्लाको ग्रामीण क्षेत्रका किसानहरु कागती, एभोकाडो, अकबरे, आँपलगायतका नर्सरी उत्पादन गर्दै आएका छन् । नर्सरी उत्पादनबाट मात्रै यहाँका किसानहरुले वर्षेनी लाखौ रुपैयाँ आम्दानी लिँदै आएको बताएका छन् ।
यहाँ उत्पादन भएको नर्सरी स्थानीय बजारहरुका साथै पूर्वी तराईका बजारहरुमा बिक्री हुँदै आएको छ । परम्परागत खेती भन्दा पनि आधुनिक प्रविधिबाट खेतीलाई किसानहरुले बिस्तार गर्न थालेका छन् ।
खाली जमिन तथा पाखोबारीहरुमा किसानहरुले फलफूल खेती गर्दै आएका छन् । गाउँ गाउँमा सडक सञ्जालहरु पुगेपछि यहाँका किसानहरुले उत्पादन गरेको कृषिजन्य सामग्री बिक्रीमा समेत सहज बन्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्