२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


क्रियाशील सदस्यता छानबिन समितिका सदस्य कल्याण गुरुङले लेखे प्रतिवेदनमा ‘नोट अफ डिसेन्ट’


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा क्रियाशील सदस्यता छानबिन समितिका सदस्य कल्याण गुरुङले क्रियाशील छानबिनको प्रतिवेदनमा ‘नोट अफ डिसेन्ट’ लेख्नुभएको छ ।

क्रियाशील छानबिनका लागि कांग्रेसले गठन गरेको समितिले आज पार्टीलाई क्रियाशीलको अन्तिम लिष्ट बुजाउँदै छ । समितिले देशभरका क्रियाशील सदस्य विवादको समाधान नै नगरी पार्टीलाई प्रतिवेदन बुझाउन लागेको भन्दै गुरुङले ‘नोट अफ डिसेन्ट’ लेखेकाे बताउनुभयाे ।

गुरुङले रुपन्देहीको क्षेत्र नम्बर ४, बाँकेको क्षेत्र नम्बर १, सुर्खेतको वीरेन्द्रनगरपालिका वडा नम्बर ८ र ११ मा थप गरिएको क्रियाशील हटाउने विषयमा फरक मत राख्नुभएको छ । त्यस्तै नवरपरासीको रामग्राम नगरपालिका वडा नम्बर ११ मा फर्जी क्रियाशीलको विषयमा पनि फरक मत राख्नुभएको छ ।

कांग्रेसको आगामी १४ औं महाधिवेशनका लागि विभिन्न जिल्लामा क्रियाशील विवाद छ । उक्त विवाद समाधान गरी प्रतिवेदन बुझाउन भन्दै कांग्रेसले रमेश लेखकको संयोजकत्वमा ७ जनाको क्रियाशील सदस्यता छानबिन समिति बनाएको थियो ।