
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ ।
जसपा आधिकारिकता विवाद सकिए लगत्तै मन्त्रिपरिषद विस्तार लगायतका तत्कालै गर्नुपर्ने निर्णयका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच छलफल शुरु भएको छ ।
माओवादी अध्यक्ष प्रचण्ड यिनै विषयमा छलफल गर्न आज विहानै प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको हो । प्रधानमन्त्री शेरवहादुर देउवासँग प्रचण्डको सरकार विस्तारका विषयमा छलफल भएको बताइएकाे छ ।
प्रधानमन्त्री देउवासँगको भेटअघि प्रचण्डले नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको थियो । नेपाललाई भेटेर प्रचण्ड सीधै बालुवाटार जानुभएको थियो ।
प्रधानमन्त्री देउवासँगको भेटपछि प्रचण्डले सभामुख अग्निप्रसाद सापकोटासँग पनि छलफल गर्नुभएको छ । लैनचौरस्थित सभामुख निवासमा सापकोटा र प्रचण्डबिच भेट भएको हो ।
प्रतिक्रिया दिनुहोस्