१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


भैंसीलाई घाँस हाल्न गएकी कमला मृत फेला


0
Shares

रुकुम । रुकुम पश्चिममा एक महिलाको शव फेला परेको छ । त्रिबेणी गाउँपालिका-४ छहरे निबासी २६ बर्सिया कमला खडकाको शव फेला परेको हो ।

सोमबार बेलुका ७ बजेतिर भैसीलाई घाँस हाल्न घर भन्दा २ सय मिटर टाढा रहेको गोठमा गएकी थिईन ।

धेरै समय सम्म घरमा नआएपछि स्थानीयले खोज्दा गोठभन्दा तल उनको शव फेला परेको थियो ।

मकै र रुखका बुट्यान भाचिएकाले धारिलो हतियार प्रयोग गरि हत्या भएको हुनसक्ने वडा अध्यक्ष चन्द्र बहादुर खड्काको आशंका छ ।

घटना लगतै प्रहरी टोली पुगिसकेकोले अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक ध्रुब कुमार श्रेष्ठले बताउनुभयो ।

घटनाको प्रकृति हेर्दा बलात्कार गरि हत्या गरेको हुनसक्ने प्रहरी र स्थानीयको अनुमान छ । मृतकका श्रीमान बल बहादुर खडका वैदेशिक रोजगारीमा छन् ।