
अर्घाखाँची । अर्घाखाँचीमा मकै पिस्ने मिल चलाउने क्रममा एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको छत्रदेव गाउँपालिका–६, ठुलापोखराका ४८ वर्षीया कमला रानाको आफ्नै घरमा रहेको बिजुलीबाट चल्ने मकै पिस्ने मिल चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते हुनुभएको हो ।
गम्भीर घाइते रानाको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक गणेश खनालले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्