
एजेन्सी । भारतीय अभिनेत्री शिल्पा शेट्टीका पति एवं व्यवसायी राज कुन्द्रालार्ई १४ दिनको न्यायिक हिरासतमा राखिने भएको छ ।
मुम्बईको एक अदालतले कुन्द्रालाई न्यायिक हिरासतमा पठाउने फैसला गरेको हो । राज कुन्द्रालाई २२ जुलाईमा पोर्न भिडियोको उत्पादन र प्रसार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो ।
उनीसँगै पक्राउ परेको रायन थार्पलाई पनि १४ दिनको न्यायिक हिरासतको फैसला सुनाइएको बीबीसीले जनाएको छ । अवैधानिक गतिविधिमा संलग्न रहेको पर्याप्त प्रमाणपछि नै आफूहरूले कुन्द्रालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्