१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


महरालाई उच्च अदालतबाट पनि सफाइ


0
Shares

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले बलात्कारसम्बन्धी मुद्दामा उच्च अदालत पाटनबाट पनि सफाइ पाएका छन् ।

मंगलबार न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले जिल्ला अदालत काठमाडौंको फैसलालाई नै सदर गरेको हो ।

संसद सचिवालयकै कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको अभियोगमा महरामाथि मुद्दा चलेको थियो । महराले जिल्लाबाट सफाइ पाएपछि सरकारी वकिल उच्च अदालतमा गएका थिए ।

बलात्कारको आरोपबा कारण महराले सभामुख पदबाट राजीनामा दिनुपरेको थियो । काठमाडौं जिल्ला अदालतले महरालाई जबरजस्ती करणी उद्योगमा दाबी पुग्न नसक्ने भन्दै फैसला सुनाएको थियो ।

सुरुमा महरालाई आरोप लगाएकी शाहीले जिल्ला अदालतमा उपस्थित भएर महराले बलात्कार नगरेको बयान दिएकी थिइन् ।