२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बंगलादेशमा बाढी, ६ को मृत्यु


0
Shares

एजेन्सी । बंगलादेशमा भारी बर्षापछि आएको बाढीका कारण कम्तिमा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेका रोहिंग्या अल्पसंख्यकहरु रहेको बुझिएको छ । दक्षिणपूर्वी बंगलादेशको रोहिंग्या शिविरहरु बाढीका कारण बढी प्रभावित भएका छन् ।

त्यहाँका अधिकांश घरहरु डुबानमा पर्दा सयौंको बिचल्ली भएको छ । बिगत केही दिनदेखिको लगातारको वर्षाका कारण अझै क्षति पुग्ने भन्दै सचेत रहन प्रभावितहरु क्षेत्रका बासीन्दाहरुलाई सचेत तुल्याईएको छ ।

बंगलादेशको मौसम विभागका अनुसार अझै केही दिन भारी वर्षा हुने भन्दै थप सचेत रहन आग्रह गरिएको छ । म्यानमारमा सेनाको ज्यादती पछी करिब साढे सात लाख रोहिंग्या बंगलादेशमा शरण लिन पुगेका थिए ।