
एजेन्सी । संयुक्त राष्ट्रसंघले ६ हजार पाकिस्तानी आतंकबादी समूह अफगानिस्तान प्रवेश गरेको खुलासा गरेको छ ।
संयुक्त राष्ट्र संघ सुरक्षा परिषद यु.एन.एस.सीले एक रिपोर्ट सार्वजनिक गर्दै ६ हजार पाकिस्तानी आतंकवादीको समुह अफगानिस्तान प्रवेश गरी बिभिन्न आतंकवादी गतिबिधीमा संलग्न भएको खुलासा गरेको हो ।
ती सबै पाकिस्तानको बिद्रोही समूह तहरीक ए तालीवानका सदस्यहरु रहेको रिर्पोटमा उल्लेख गरिएको छ । अफगानिस्तानमा सक्रिय तालीवानबीचको समन्वय जारी रहेकै बेला उनीहरु प्रवेश गर्नुले अफगानिस्तानमा थप हिंसात्मक गतिविधि हुने आंकलन गरिएको छ ।
ती समूह हाल अफगानिस्तानको पुर्वीै नंगरहार प्रान्तमा सक्रिय रहेको बताईएको छ । अफगानिस्तानमा बिभिन्न देशबाट गएका आतंकबादीको संख्या ८ हजार देखि १० हजार सम्मको हाराहारीमा रहेको रिपोर्टले देखाएको छ ।
अफगानिस्तानमा पछिल्लो समय अमेरिकी सेना फिर्ता भएपछी जारी हिंसाका बीच सयौंको ज्यान गईसकेको छ ।
प्रतिक्रिया दिनुहोस्